कोरोनाबाट डाक्टरको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरानाबाट डाक्टरको मृत्यु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको हो । उनी ११ औं तहका चिकित्सक थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पताल, नेपालगञ्जमा दरबन्दी रहेका डा. सापकोटा काजमा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत थिए ।
डा. सापकोटा असोज १ गते भेरीमा भर्ना भएका थिए । उनलाई भदौ २९ गते कोरोना पुष्टि भएको थियो । आज ३.१० बजे भेरीमा उनको मृत्यु भएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !