कोरोनाबाट दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बाँके र बाहिरबाट उपचार गराउन आउदा यहाँका दुई ठूला अस्पतालमा कोरोना संक्रमितको दैनिक नै मृत्यु भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । बाहिरबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !