नेपालगञ्ज–९ का ४७ वर्षीयको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का ४७ वर्षीयको आइतबार विहान ५ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मधुमेहको समस्या रहेका उनको भदौ २९ गते स्वाव लिएर कोरोना परीक्षण गरिएको थियो । ३१ गते अपरान्ह चार बजे कोरोना पुष्टि भएको थियो ।
लामो समयसम्म उपचारमा रहदा पनि उनको स्वास्थ्यमा सुधार नआएपछि आइतबार विहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मेडिकल कलेज, नेपालगञ्जको प्रशासनिक कर्मचारी भएको बताइएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।