दीर्घरोगीका लागि कोरोना खतरनाक
नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित एक हजार ८ सय ५ पुगेको छ । त्यसमा एक हजार चार सय ३४ जना निको भएर घर फर्किएका छन् । १३ जनाको मृत्यु भएको छ ।
जिल्लामा सय जनामा ७९.४५ जना निको भएका छन्, ७८.४५ प्रतिशत । मृत्युदर ०.६६ प्रतिशत रहेको छ । प्रकोप ०.३० प्रतिशत छ ।
निको दर बढ्ता रहेको छ । यद्यपि, मृत्यु हुने क्रममा रोकिएको छैन । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा बाँकेमा मृत्यु भएको तथ्यांकले पनि पछिल्लो समय यहाँ दैनिकजसो कोरोना संक्रमितको मृत्यु भएकोजस्तो देखिएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु भएका भनिएको व्यक्तिका बारेमा अध्ययन गर्दा सबैजसो दीर्घरोगी नै देखिएका छन्, बाँकेका प्रथम मृतक नरैनापुरका युवकलाई छोडेर । नरैनापुरका युवकको मृत्यु त कतिपयले सर्पले टोकेर भनिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दीर्घरोग लागेका व्यक्तिलाई कोरोना लाग्दा खतरनाक देखिएको बताउनुभयो । उहाँका अनुसार, सुगर, मृर्गौला, मुटु, मस्तिक, फोक्सोमा समस्या भएका व्यक्तिका लागि कोरोना खतरनाक देखिएको छ । जिल्लामा अहिलेसम्म मृत्यु भएका अधिकांशमा पहिला यही रोग लागेको थियो । कोरानाले निमोनिया हुँदै फोक्सोलाई काम नलाग्ने गराएर मृत्युसम्म पु¥याउने गराउने गरेको छ ।
मृतकहरुको तथ्यांक र उनीहरुले पहिला खाइरहेको औषधीका आधारमा हेर्दा दीर्घरोगीहरु कोरोनाबाट टाढा रहन जरुरी देखिएको छ । यद्यपि, कोरोनाबाट सबै सतर्क हुन आवश्यक छ ।