३० मा १० जनालाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा आइतबार ३० जनाको परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार, १० जनामा आठ जना बाँके र दुई जना बर्दियाका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ५ जना, खजुराको वडा नं. २ र ३ का एक÷एक जना र राप्तीसोनारी गाउँपालिकाका वडा नं. ८ का एकजना रहेका छन् ।
बर्दियाको बढैयाताल वडा नं. ८ र मधुवन वडा नं. ७ का एक÷एक जना रहेका छन् ।
बाँकेमा तीन ठाउँबाट कोरोना परीक्षण हुने गर्दछ । भेरीले पहिलो लट सार्वजनिक गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !