कोरोना जितेर फर्किए कक्षपति

खजुरा – खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति कोरोना जितेर घर फर्किनु भएको छ ।
अध्यक्ष कक्षपतिलाई गत भदौ २८ गते कोरोना पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि कक्षपति घर फर्किनु भयो ।
अध्यक्ष कक्षपतिका अन्य घरपरिवारका सदस्यलाई पनि कोरोना देखिएको थियो । गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिलगायतले अध्यक्षलाई स्वागत गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !