छालारोग विशेषज्ञसहित १० जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा शुक्रबार छाला रोग विशेषज्ञ डाक्टरसहित दश जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले १४ जना संक्रमितको विवरण बाहिर ल्याउदा १० जना बाँकेका परेका हुन् । अरु बर्दियाका छन् ।
जिल्लाको तीन ठाउँबाट कोरोना जाँच हुने भएपनि शुक्रबार अपरान्हसम्म भेरीबाट मात्रै रिपोर्ट बाहिर आएको छ । ६९ वर्षका छालारोग विशेषज्ञसहित १० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दश जना थपिदा जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार सात ६० जना पुगेको जानकारी दिनुभयो । त्यसमा एक हजार तीन सय ६१ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !