कुन पालिकामा कति संक्रमित ?

नेपालगञ्ज – बाँकेमा एक हजार सात ५० जना कोरोना संक्रमित हुँदा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाका परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ८ सय १८ जना संक्रमित भएका छन् । दोस्रो नम्बरमा कोहलपुर नगरपालिका परेको छ । कोहलपुरमा २ सय २५ जना संक्रमित भएका छन् ।
शुरुवातमा हटस्पट बनेको नरैनापुरमा एक सय २२ जना, खजुरामा एक सय १७ जना, राप्तीसोनारीमा ८४ जना, जानकीमा ६५, बैजनाथमा ५६, डुडुवामा ३६ जना संक्रमित भएका छन् । जिल्लामा रहेका कर्मचारीहरु दुई सय २७ जना संक्रमित भएका छन् ।
संक्रमित हुनेमा एक हजार दुई सय ७३ जना पुरुष र चार सय ७७ जना महिला रहेका छन् । बाँकेका १२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !