एकलैनीका ५२ वर्षीयको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – नेपालगञ्जका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुषको गएराती २.२५ बजे मृत्यु भएको हो ।
दुवैतिर फोक्सोको निमोनिया रहेका ५२ वर्षीय पुरुषलाई असोज ६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको गएराती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !