वडाध्यक्ष बर्मालाई कोरोना

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक बर्मालाई कोरोना पुष्टि भएको छ ।
केही दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएका वडाध्यक्ष बर्मालाई बिहीबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनु अघि नै औषधी खाएर ज्वरो, खोकी सन्चो भइसकेको छ । रुघा र श्वासप्रश्वासमा अझै सामान्य समस्या देखिएको छ ।
ज्वरो र खोकी सन्चो भएपनि रुघा र श्वासप्रश्वासमा सामान्य समस्या देखिएपछि विहान स्वाव दिएका वडाध्यक्ष बर्मालाई साँझ कोरोना पुष्टि भएको हो । वडाध्यक्ष बर्माले धेरै सावधानीका बाबजुद कोरोना संक्रमित हुन पुगेको बताउनुभयो । ‘बच्दा बच्दै पनि कोरोना संक्रमित हुन पुगे, १४ दिन जनताको सेवामा फर्किनेछु, वडाध्यक्ष बर्माले भन्नुभयो ।
बर्मा अहिले सिटी प्यालेसको आइसोलेसनमा बस्नु भएको छ । लकडाउनको शुरुवातदेखि नै वडाध्यक्ष बर्मा राहत संकलन र वितरणमा सक्रियपूर्वक खटिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !