पैसा लिएर नाका पार !

छोटी नाकाबाट भारत जान थालेकाहरु । तस्बिर : रुद्र सुवेदी ।

नेपालगञ्ज – भारतमा रोजगारीका लागि जान थालेका नेपालीलाई दलालले पैसा लिएर नाका पार गराउने गरेको पाइएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारत प्रवेशमा रोक लगाउने भएपछि दलालहरुले छोटी नाकाबाट नेपालीलाई भारत पठाउने गरेका हुन् । मंगलबार ५४ जनालाई खडैचाको बाटो भएर भारत पठाउने दलालको योजना असफल भएको छ ।
रोल्पा, रुकुम, बाँके, बर्दिया र दाङका ५४ जनालाई दुई जना दलालले ६ हजारसम्म लिएर भारतको सीमला पठाउन थालेका थिए । बाँके प्रहरीले उनीहरुलाई खडैचाबाट उद्धार गरेर ल्याएको थियो ।
५४ जनामध्येमा ३२ जनालाई मुख्य नाकाबाटै भारत पठाइएको छ । २२ जना रोकिएका छन् । बाँके प्रहरीले पैसा लिएर नाका पार गराउन थालेका दुई जनालाई नियन्त्रणमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !