लक्षण चिन्ह देखिएको छैन, ‘नो पीसीआर’

नेपालगञ्ज – सरकारले अब लक्षण चिन्ह देखिएका व्यक्तिको मात्रै पीसीआर जाँच गर्ने भएको छ ।
पोजिटिभको सम्पर्कमा आएका व्यक्तिको मात्रै होइन, क्वारेन्टाइनमा रहेकाहरुलाई समेत लक्षण चिन्ह देखिएमात्रै पीसीआर जाँच गरिने भएको हो । क्वारेन्टाइनमा बसेका व्यक्तिमा कुनै लक्षण चिन्ह देखिएन भने उसलाई १४ दिन राखेर घर पठाइदिने नीति अघि सारिएको छ ।
पोजिटिभ व्यक्तिको सम्पर्कमा आएको भन्दै लक्षण चिन्ह नदेखिएका व्यक्तिले पीसीआर गर्न थालेपछि सरकारले यस्तो नीति अघि सारेको छ । बीमा गर्ने र केही नहुँदा पनि पीसीआर जाँच गर्न जाने प्रवृत्ति बढेको थियो । यही कारणले हुन सक्छ, बीमाले पनि एक लाखबाट घटाएर २५ हजार रुपैया बनाएको छ ।
लक्षण चिन्ह देखिएका निम्न वर्गको पीसीआर जाँच गर्ने पहुँच नहुने र पहुँच भएकाहरुले केही नहुँदा पनि पीसीआर जाँच गरिरहने प्रवृत्ति बढेको थियो ।
बाँकेको क्वारेन्टाइनमा २ सय ७ जना छन् । १४ दिन पुगेपछि लक्षण चिन्ह नदेखिएकाहरु स्वतः घर पठाउने तयारी भएको छ । पोजिटिभकै हकमा पनि लक्षण चिन्ह नदेखिएका व्यक्तिलाई होम आइसोलेसनको कन्सेप्ट अघि सार्ने प्रयास भएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !