७३ जना थपिदा आर्मी र टेलिकमका कर्मचारी अधिक
नेपालगञ्ज – बाँकेमा बुधबार ७३ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना देखिएको बताउनुभयो । कोहलपुरमा कोरोना देखिएका ५१ जना नेपाली सेना हुन् । कौशिलानगर ब्यारेकमा सेनामा कोरोना देखिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगञ्जमा कोरोना देखिएका आठ जना नेपाल टेलिकमका कर्मचारी छन् । कोरोना देखिनेमा बैकर्स पनि छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका एकजनामा पनि कोरोना देखिएको छ । उनी बाँसगढी नगरपालिका वडा नं. ९ का हुन् । कोरोना फोकलपर्सन श्रेष्ठले बाँकेमा ९ सय १६ जना संक्रमित पुगेको जानकारी दिनुभयो ।