६ जना घरतिर
नेपालगञ्ज – बाँकेबाट बुधबार ६ जनाले कोरोनालाई जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आज ६ जना डिस्चार्ज भएका छन् । उनीहरु घर जादैछन् ।
साउन २८ गते कोरोना देखिएपछि नेपालगञ्जको होटल र खजुरास्थित कोरोना विशेष अस्पतालमा बसेका थिए ।
बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन् । त्यसमा ५ जनाको मृत्यु भएको छ । ६ सय ६० जना डिस्चार्ज भएका छन् । एक सय ७९ जना उपचारमा रहेका छन् ।