आइतबारदेखि सेवा सुचारु

नेपालगञ्ज – जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा आइतबारदेखि सुचारु हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आइतबारदेखि निरन्तरता दिन लागिएको जानकारी दिनुभयो । उपमहानगरपालिकासँगै २३ वटै वडा कार्यालय पनि आइतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाइजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ । उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाइजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह समेत गरेको छ ।
यसैबीच, कोरोनाका कारण सील गरिएको आन्तरिक राजश्व कार्यालय पनि आइतबारदेखि सञ्चालनमा आउने बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !