स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना

नेपालगञ्ज – बाँकेमा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जमा १५ र कोहलपुरका ७ जनामा कोरोना देखिएको हो । भेरी अस्पतालमा लिइएको स्वावमा दुई जना बर्दियाकालाई पनि कोरोना पुष्टि भएको छ ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलगायत विभिन्न ठाउँमा लिइएको स्वावको नतिजा आएको हो । कोरोना देखिनेमा १३ महिला र ७ पुरुष रहेका छन् । नेपालगञ्जका एकजना स्वास्थ्यकर्मी पनि त्यसमा परेका छन् ।
आज कोरोना देखिएकाहरु प्रायः पोजिटिभको सम्पर्कमा आएकाहरु रहेको बुझिएको छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बर्दियाका आठ जनामा कोरोना देखिएको जानकारी दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !