पानको पात र सुर्ती तस्करीले प्रहरी हैरान

नेपालगञ्ज – बाँके प्रहरीलाई यतिबेला पानको पात र सुपरपावर सुर्तीको तस्करी रोक्न भ्याइ नभ्याइ रहेको छ ।
निषेधाज्ञा भइरहेको बेलामा कारोबारीहरुले अम्मलीको माग पु¥याउन पानको पात र सुपरपावर सुर्तीको ओसारपसारलाई तिब्रता दिंदा प्रहरीलाई त्यो रोक्न भ्याइ नभ्याइ भएको हो । यी दुई चिजको तस्करी बढेपछि नाकाका प्रहरीले निगरानी बढाएका छन् ।
बुधबार विहान मात्रै नरैनापुरको लक्ष्मणपुरबाट एक बोरा पानतको पात र ९२ पोका सुपरपावर सुर्ती बरामद भएको छ । मंगलबार पनि डुडुवाबाट दश डोली र एक प्याकेट सुपरपावर सुर्तीसहित शोभा कुर्मीलाई पक्राउ गरेको थियो ।
निषेधाज्ञाले गर्दा मुख्य नाकामा सुनसान भएपछि कारोबारीले छोटी नाका रोजेका छन् । प्रायः नरैनापुर र डुडुवाका विभिन्न नाकाबाट भित्रिएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !