बाँकेमा दश जना थपिए

नेपालगञ्ज – बाँकेमा दश जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा आठ पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा नेपालगञ्ज वडा नं. २ का तीन जना, वडा नं. ४ का एकजना, वडा नं.६ का एकजना, वडा नं. १८ का एकजना र चार जना कौशिलानगर ब्यारेकका रहेका छन् । उनीहरु चारैजना आर्मी हुन् ।


error: यो सुविधा उपलब्ध छैन !