किन लुक्छन् संक्रमित ?

नेपालगञ्ज – नेपालगञ्जमा ६ जना संक्रमित अहिलेसम्म फेला परेका छैनन् । उनीहरुलाई न त स्वास्थ्यकर्मीले फेला पार्न सकेका छन् न त जनप्रतिनिधिले नै ।
उनीहरुमध्ये कतिको मोबाइल नम्बर खुलाइएको छ । तर, अहिले अफ छ । ठेगाना चाहि सबैको खुलाइएको छ । ठेगाना खुलाइएपनि उनीहरु फेला पर्न सकेका छैनन् । २३ गते संक्रमित देखिएका व्यक्ति अहिलेसम्म फेला पर्न सकेका छैनन् । उनीहरु लुकेर बसेका छन् ।
लुकेर बसेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । संक्रमक ऐन अनुसार त उनीहरु कारबाहीको दायरामा पर्न सक्छन् । बाँकेका अधिकारीहरुले यस विषयमा चासो देखाएका छैनन् । कोरोना लाग्न नदिन निषेधाज्ञा र निश्चित सीलसम्म गरेका अधिकारीले संक्रमण पुष्टि भइसकेपछि लुकेका व्यक्तिलाई खोज्न किन लाग्दैनन् ? केही महिना अघि जोगागाउँ आइसोलेसन सेन्टरबाट भागेको एकजना नभेटिएर डिस्चार्ज भएका थिए । यी ६ जनाको अवस्था पनि त्यही होलाजस्तो छ ।
भारतमा गएकालाई छोडेर नेपालगञ्जका विभिन्न वडाका तीन पुरुष र तीन महिला सम्पर्कमा नआएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !