चुके दम्पत्तिद्वारा ओम शान्तिमा स्यानिटाइजर मेसीन सहयोग

नेपालगञ्ज – हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा देशभर मनाइयो । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिका कारण विगत वर्षहरुमा झैं धेरै चहलपहल नभए पनि आफ्नो धर्म संस्कृति र परम्परालाई जोगाउनका लागि सामाजिक दूरी कायम गरी तराईमा राखी पर्व समेत मनाइएको छ ।
कोभिड–१९ को संक्रमण र बाँके जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाका बाबजूद स्थानीय व्रह्माकुमारी इश्वरीय विश्वविद्यालय नेपालगञ्ज सेवा केन्द्रलगायत बाँके जिल्लाका सेवा केन्द्रहरुमा करीब ३ सय ५० जनाले केन्द्रका ब्रह्माकुमारीहरुले केन्द्रका सदस्यहरुलाई राखी वन्धन गर्नु भएको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले केन्द्रमा गई राखी बन्धन गरी शुभकामना दिनु भयो । श्रेष्ठलाई केन्द्रका क्षेत्रीय प्रमुख व्रह्माकुमारी दुर्गा र केन्द्रकी सहप्रमुख व्रह्माकुमारी मुनाले राखी बन्धन गर्नु भयो ।
कोभिड–१९ संक्रमणको विषम परिस्थिति र निषेधाज्ञाका कारण यसपाली आउन चाहने महानुभावहरु आउन नसकेको केन्द्रका क्षेत्रीय प्रमुख व्रह्माकुमारी दुर्गाले जानकारी दिनुभयो ।


हरेक वर्ष केन्द्रमा आउने स्थानीय सरकारी तथा गैरसरकारी विशिष्ठ व्यक्तित्व, सर्वसाधारण, केन्द्रका सदस्यहरु बाहेक घर जान नपाई पर्व मनाउन बञ्चित नेपालगञ्ज कारागार, प्रहरी तथा सेनाका व्यारेकहरु, सीमा पारी एसएसबी व्यारेककालगायत कर्मचारी तथा जवानहरु र मजदुरहरुलाई समेत एक हजार जनाको संख्यामा राखी बाँध्ने गरिन्थ्यो विगतलाई सम्झिदै व्रकु दुर्गाले भन्नु भयो ।
प्रेम, स्नेह र सद्भावको पवित्र पर्व रक्षावन्धनको अवसरमा जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्ण लाल चुके र उहाँकी जीवन संगिनी सुशीला चुकेले अटोमेटिक स्यानिटाइजर मेसीन केन्द्रलाई प्रदान गर्नु भएको र केन्द्रका लागि एकदमै उपयोगी भएको जानकारी व्रह्माकुमार कृष्णले दिनु भयो ।
एक दशक भन्दा बढी समयदेखि नियमित रुपमा राखी ग्रहण गर्दै आएका पत्रकार चुकेले कोभिड–१९ को बढ्दो संक्रमण र निषेधाज्ञाका कारण आफ्नो भोतिक उपस्थिति हुन नपाए पनि धेरै श्रद्धालुहरुको आवागमन हुने उक्त केन्द्रमा सबैको स्वास्थ्य सुरक्षाको लागि उक्त अटोमेटिक स्यानिटाइजर मेसीन उपहार स्वरुप प्रदान गर्न पाएकोमा सन्तोष व्यक्त गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !