स्रोत नखुलेको रकमसहित वार्डेन पक्राउ

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजारसहित पक्राउ गरेको छ।
भट्टराई र रोकायले स्रोत नखुलेको रकम लिइ कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले नियन्त्रणमा लिएको हो।
प्राप्त रकम मध्ये तीन लाख ४८ हजार नगद र बाँकी पाँच लाख ५० हजारको बैंकको भौचर रहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !