नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘सील’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको छ ।
उपमहानगरपालिका कार्यालयका चार जना, वडा कार्यालयमा खटिएका तीन जना र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई सील गरिएको जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राहीको भीड हुने गर्दछ । उपमहानगरपालिकाले सेवा लिन आउनेको सेनिटाइजदेखि ज्वरो नाप्ने व्यवस्था मिलाएको थियो । कार्यालयका कर्मचारीमै कोरोना देखिएपछि कार्यालय सील गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !