वडासचिव, आइटी अधिकृतदेखि मार्बल पसलेसम्म संक्रमित

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको पछिल्लो ११ जना कोरोना संक्रमितको लिष्टमा अधिकांश स्थानीय तहका कर्मचारी रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, वडा नं. १४ र १८ नम्बरका दुई जना वडा सचिव, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, सरसफाई शाखा प्रमुख, आइटी अधिकृत, वडा कार्यालयका कम्प्यूटर अपरेटर, जग्गा व्यवसायी, मार्बल टायल पसले रहेका छन् ।
अहिले सार्वजनिक गरिएको लिष्ट केही नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र केहीको नगर भवनमा स्वाव लिइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !