एक सय ५५ परीक्षणमा एकजना पोजिटिभ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा शुक्रबार एकजनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, एक सय ५५ नमूना प्रोसेस गरिएकोमा एकजनामा कोरोना पुष्टि भएको हो । रोल्पा गंगादेवीका ३२ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
बाँकेमा आज परीक्षण गरिएको थिएन । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा अदालतका पोजिटिभका सम्पर्कमा रहेकाहरुको स्वाव लिने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !