बाँकेमा तीन दिन पूर्ण निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा आइतबारदेखि तीन दिन निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै २७ जना कोरोना संक्रमित फेला परेकाले आइतबारदेखि तीन दिन पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !