अधिकृतमा कोरोना देखिएपछि राजश्व कार्यालय बन्द
नेपालगञ्ज – एकजना अधिकृतमा कोरोना देखिएपछि आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जले कार्यालय बन्द गरेको छ ।
कार्यालयले सूचना निकालेर भनेको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टाइनमा रहनु पर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’
जुम्ला घर भएका ती ३३ वर्षीय अधिकृतको सम्पर्कमा कर्मचारी र बाहिरी गरी ५० बढी मानिस रहेको पाइएको छ । उनीहरु सबैको पीसीआर जाँच गर्ने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, त्रिभुवनचोकको एक मिठाई पसलमा काम गर्ने ३९ वर्षीय पुरुषमा कोरोना देखिएपछि मिठाई पसल बन्द गरिएको छ । ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको सोधीखोजी भइरहेको छ ।
पछिल्लो समयमा नेपालगञ्जमा क्वारेन्टाइन भन्दा बाहिर रहेका व्यक्तिको जाँच गर्दा कोरोना देखिएको छ ।