सपिङ झोला उत्पादन शुरु

खजुरा – मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तर्गतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यबस्थापन गर्न शुरु गरिएको हो । प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रबारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ ।
प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै सांसद खरेलले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताउनुभयो ।
सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु¥याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गर्नुभयो । खजुरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमअन्र्तगत पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले सपिङ झोला उत्पादन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो ।
यो कार्यक्रम सफल भएपछि अर्को चरणमा प्रत्येक बर्ष ५०÷५० जना महिलाले रोजगार पाउने गरि कार्यक्रम लागु गर्दै जाने अध्यक्ष कक्षपतिले बताउनुभयो । अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगञ्जको भाटभटेनीसँग बिक्रीका लागि सम्झौता भएको जानकारी दिनुभयो ।
बालबच्चालाई पढाउनकै लागि खजुरा गाउँपालिकाले आयोजना गरेको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमअन्र्तगत झोला बनाउने कार्यक्रममा लागेको खजुार २ की कृष्णा बिसीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !