पाँच जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेबाट शनिबार पाँच जना डिस्चार्ज भएका छन् । कोरोना जितेका उनीहरुलाई घर पठाउने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जानकीकी एक महिला, कोहलपुरका दुई, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एक÷एक जना पुरुष डिस्चार्ज भएका छन् ।
बाँकेमा ३ सय ८३ जना कोरोना संक्रमित भएकोमा अब आइसोलेसन सेन्टरमा १३ जना बचेका छन् ।