प्रहरीले गरे रक्तदान

नेपालगञ्ज – कोरोनाको कहरबीचमा रगतको अभाव हुन नदिन बाँकेमा प्रहरीले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित एक सय एक जनाले रक्तदान गरेका हुन् ।


एसपी ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताउनुभयो ।
गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा आयोजना गरिएको रक्तदानको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा सामुदायिक सेवा केन्द्रका शशी स्वाँरलगायतले बोल्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !