बेलनिया–खजुरा एक नम्बर पुलले जोडियो
खजुरा – खजुरा गाउँपालिका वडा नं. ४ किरण नालामा बनेको पुल उद्घाटन गरिएको छ ।
बेलनिया र खजुरा १ नम्बर जोड्ने किरण नालामा बनेको पुलको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटन गर्नुभयो ।
पुल बनेपछि स्थानीय हर्षित भएका छन् । वर्षौ काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि यो पुल बरदान बनेको त्यहाँका स्थानीय अगुवाहरुको प्रतिक्रिया छ । गाउँपालिकाको १६ लाख र जनश्रमदान ७४ हजार ५ सय ९५ रुपैयाँमा सो पुल निर्माण गरिएको हो ।
निर्माण गरिएको ट्रस पुलबाट त्यस क्षेत्रका करीब २ हजार ५ सय जनसंख्या लाभान्वित हुने भएका छन् । चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति निर्माण भई पुलको निर्माण सम्पन्न गरिएको थियो ।
पुल उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, वडा सदस्य योगमाया खनाल, इन्जिनियर सोनु शाह, सब इन्जिनियर प्रकाश कठायत, उपभोक्ता समितिका सचिव टोपेन्द्र खत्रीलगायतको सहभागिता रहेको थियो ।