मण्डपमा प्रहरी पुगेपछि…

नेपालगञ्ज – प्रहरीले बाँकेको खजुराखुर्दमा बालविवाह रोकेको छ ।
१८ वर्षका किशोर र १७ वर्षकी किशोरीको विहे भइरहेको बेलामा पुगेको प्रहरीले विहे रोकेको हो । प्रहरीले मण्डपबाट किशोर (दुलाहा), किशोरी (दुलही), उनीहरुको आमा बुवालाई प्रहरी कार्यालयमा ल्याएको थियो । अभिभावकलाई उमेर नपुग्दै विवाह नगर्ने शर्तमा केटा र केटीको जिम्मा लगाएर पठाइएको छ ।
बाँके प्रहरीले योसहित चालु आर्थिक वर्षमा ७४ वटा बालविवाह रोकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !