घोगी टिप्न खोज्दा लेउमा खुट्टा चिप्लिएपछि…

नेपालगञ्ज – बाँकेको सिक्टा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
गोठाला गएको बेलामा राप्तीसोनारी वडा नं. २ स्थित सिक्टा नहरमा घोगी टिप्न खोज्दा खुट्टा चिप्लिएर नहरमा खस्दा ८ वर्षीया बालिका करिश्मा सारुमगरको मृत्यु भएको हो । नहरको छेउमा गएर घोगी टिप्ने क्रममा लेउमा खुट्टा चिप्लिएपछि करिश्मा नहरमा खसेकी थिइन् । सँगै रहेकी इन्द्रा रोक्काले उनको खुट्टा समातिन् । दुवै जना नहरमा खसे । नजिकै रहेका अरुले देखेपछि इन्द्रालाई बचाउन सफल भए । करिश्मा गहिरोमा परिन् ।
गोठालाहरुले करिश्मालाई निकाल्न सकेनन् । फोन गरेर घरमा खबर गरे । गाउँलेहरु आएर करिश्माको शव निकालेका छन् । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ । घटना शनिबार दिउँसो १२ बजेतिरको हो ।


error: यो सुविधा उपलब्ध छैन !