क्वारेन्टाइनको भान्छेको मृत्यु

नेपालगञ्ज – बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्छेको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका वडा नं. ५३ वर्षका पुरुषको शनिबार मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । दशरथचन्द नगरपालिकाको वडा नं. ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा उनले खाना पकाउने काम गर्दै आएका थिए । उनले विगत दुई महिनादेखि त्यहाँ खाना पकाएको बुझिएको छ ।
शनिबार विहान एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउदै उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर धनगढी पठाउने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !