कोरोनाले ४३ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – कोरोनाका कारण अर्की महिलाको मृत्यु भएको छ ।
कैलाली लम्की चुहा नगरपालिका वडा नं. २ की ४३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेज, बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार राती ११ बजे मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको हो । न्यूरोको समस्या भएपछि महिलालाई उपचारका लागि ३१ गते कोहलपुरमा ल्याइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मृतक महिलामा कोरोना देखिएको बताउनुभयो । कोहलपुरमै हिजो बाँके बैजनाथकी ४६ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको बुधबार दाहसंस्कार गरिएको थियो । यसअघि नरैनापुरमा एक युवकको कोरोनाका कारण मृत्यु भएको थियो ।
लम्कीकी महिलाको शव अहिले मेडिकल कलेजमा रहेको छ ।