६८ वर्षीयले गरे बालिकालाई जबरजस्ती

नेपालगञ्ज – बाँकेमा ६८ वर्षीय बृद्धले नातिनी पर्ने ११ वर्षीया बालिकालाई तीन महिनादेखि करणी गर्ने गरेको बाहिर आएको छ ।
पछिल्लो पटक जेठ ३० गते घर नजिकैको गोठमा करणी गरेको देखेपछि घरपरिवारले बृद्धविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । बृद्धले बालिकालाई कसैलाई नभन्न भन्दै ५० रुपैया दिएर करणी गरेको प्रहरीले बताएको छ ।
बालिकाको आमाको उजुरी पछि प्रहरीले बृद्धलाई पक्राउ गरेको छ । मंगलबार साँझ पक्राउ गरिएका बृद्धलाई आज म्याद थप्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !