मृर्गौलापीडितलाई नेकपाको सहयोग

खजुरा – नेकपा खजुराले मृर्गौलापीडित उर्मिला लामिछानेलाई आर्थिक सहयोग गरेको छ ।
वडा नं. ३, धौलागिरी निवासी उर्मिलालाई बुधबार बिहान घरमा पुगेर ३१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
नेकपा खजुरा गाउँपालिका वडा नं. ३ को अगुवाईमा संकलित उक्त रकम नेकपा बाँकेका सचिवालय सदस्य होमनाथ सापकोटा, खजुराका इन्चार्ज भीम ओली, नेकपा खजुरा गाँपालिका अध्यक्ष राजकुमार विक, जिल्ला कमिटी सदस्य तथा खजुरा ३ नेकपा इन्चार्ज टंक पोख्रेल, जिल्ला कमिटी सदस्य तथा सहइन्चार्ज भक्तबहादुर केसी, नेकपा खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष पूर्ण भण्डारी र सचिव लेखनाथ सापकोटाले बिरामी उर्मिलालाई हस्तान्तरण गर्नुभयो ।
नेकपा खजुराले पहिलो चरणमा सो रकम हस्तान्तरण गरेको र अब पुनः थप रकम संकलन गरी हस्तान्तरण गरिने नेकपा वडा नं. ३ का इन्चार्ज टंक पोख्रेलले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !