कोरोनाबाट बाँकेमा अर्का व्यक्तिको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएकी महिलाको सोमबार साँझ मृत्यु भएको थियो । महिलाको स्वाव परीक्षण गर्दा कोरोना देखिएको हो ।
चार दिनसम्म उनलाई आइसीयू राखेर उपचार गरिएको थियो । सोमबार दिउँसो स्वाव लिइएको थियो । बुधबार राती आठ बजे उनमा कोरोना देखिएको छ । महिलाको शव मेडिकल कलेज, कोहलपुरमा रहेको छ । यसअघि बाँकेमा नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो ।
बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !