बाँके, बर्दिया र प्यूठानमा गरी २४ जना संक्रमित
नेपालगञ्ज – बाँकेमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का ४३ वर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, खजुरा गाउँपालिकाको वडा नं. ४ का चार जनामा कोरोना देखिएको भेरी अस्पताल, नेपालगञ्जले जानकारी दिएको छ ।
भेरीको ल्याबमा गरिएको परीक्षणमा बर्दियाका १६ जना र प्यूठानका तीन जनामा पनि कोरोना देखिएको छ । बर्दियाको १३ जना मधुवन, एकजना बाँसगढी र दुई जना राजापुरका छन् । प्यूठानको तिनै जना सरुमारानीका हुन् ।