सात जनामा बाँकेका तीन जना
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले दुई बजे सात जनामा कोरोना पुष्टि भएको विवरण सार्वजनिक गरेको छ । एक घण्टाअघि अस्पतालले आफ्नो फेसबुक पेजमा २४ घण्टामा एकजनामात्रै कोरोना पुष्टि भएको भन्दै ८२ वर्षीय पुरुषको विवरण दिएको थियो ।
पछिल्लो रिपोर्ट अनुसार, बाँके र बर्दियाका तीन÷तीन र रुकुमका एकजनामा कोरोना देखिएको छ । बाँकेको डुडुवा गाउँपालिकाका दुई जना र राप्तीसोनारी गाउँपालिकाका एकजना छन् । बर्दिया बढैयाताल गाउँपालिकाका तीन जना छन् भने रुकुमका ८२ वर्षीय पुरुष छन् ।
केही दिनयता भेरीले दिएको विवरणमा फ्लोअप रिपोर्टको नामावलीसमेत परिरहेको छ । अस्पतालले एक वा दुई बजे जतिबेला रिपोर्ट बाहिर ल्याए पनि एकै पटक सबैलाई समटेर ल्याउदा राम्रो हुने देखिन्छ । होइन, विहान र साँझ दुई पटक रिपोर्ट सार्वजनिक गर्ने भए फरक कुरा हो । एक घण्टा अघि एकजनाको नाम विवरण दिने र एकघण्टापछि फेरि ती व्यक्तिको समेत विवरण राखेर अरुको थप्नु त्यति राम्रो भएन कि ?