मेलमिलापको नीति – बीपीको स्टेट्सम्यानसीप
लोकतन्त्र र राष्ट्रियताबीच अन्योन्याश्रीत सम्बन्ध रहन्छ भन्ने सिद्धान्त नै वास्तवमा बीपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीतिको मूल सार हो, मेरो बुझाइमा ।
२०१५ सालको आम निर्वाचनको जम्मा १ सय ९ सिट मध्ये नेपाली काँग्रेसले ७४ सिट जिते पछि कोइराला पावर सेन्टरका रुपमा गतिलै गरी स्थापित हुने अवस्था आएको थियो । काँग्रेसका अर्का नेता सुवर्णशमशेर र कोइराला मध्ये कसलाई प्रधानमन्त्री बनाउँदा आफुलाई अनुकूलता मिल्छ भन्नेमा राजाले निकै समय खर्चिएका थिए । अन्ततः कोइराला प्रधानमन्त्री भए । तर तत्कालिन राजा महेन्द्रले २०१७ पुष १ मा सरकारलाई अपदस्त गरेपछि नेपालको राजनीति फरक धारमा ढल्यो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिलाई सुक्ष्म ढगंले नियालिरहेका कोइरालालाई भारतलगायत आसपासका देशहरुको विकसित राजनीतिक घटनाक्रम,अमेरीका र सोभियत संघको अवस्थाले मज्जाले छोएको थियो । मे, सन् १९६८ मा सुवर्णशमशेरले जारी गरेको वक्तव्य पनि मेलमिलापको नीति कै एउटा कडि थियो । जब नेताहरु जेलबाट रिहाई भए ।
वि.सं. २०३३ पुष १६ गते लौह पुरुष गणेशमान सिहंसँगै नेपाल फर्किएका हुन् । कोइरालाको त्यही मेलमिलापको नीतिले उनलाई स्टेट्सम्यान पनि बनायो ।
कोइरालाले भारतमा रहँदा जसरी समाजवादी धारका नेताहरुसँगको सम्बन्धलाई स्थापित गरे परिस्थिति त्यसको विपरित इन्दिरा गान्धी शक्तिमा थिइन् । गान्धीले जब संकटकाल लगााइन् कोइरालाले राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सारनाथ वनारसमा आप्mना सहयोगीहरुसँगको वैठकमा नेपाल फर्किने निर्णय गरेको इतिहास साक्षी छ ।
दक्षिण एशियाको राजनीतिलाई निकै मसिनो तरिकाले बुझेका कोइरालाले पाकिस्तान, अफगानिस्तान, श्रीलंकामा विकसित राजनीतिक घटनाक्रमलाई नियालिरहेका थिए । बगंलादेशको स्थापना र सिक्किमको अन्त्यका घटनाले कोइरालालाई छोएको थियो ।
राजकाज सम्बन्धी मुद्दा खेपीरहेका कोइराला परिस्थिति प्रतिकुल भएपनि मेलमिलापमार्फत लोकतन्त्र र राष्ट्रियतालाई जोगाउन अनुकूलता खोज्दै नेपाल फर्किए ।
मेलमिलापको नीति लिएको ४४ औं वर्षसम्म आइपुग्दा पनि यो उत्तिकै सान्दर्भिक लाग्छ । उतिबेला कतिपय वामपन्थीहरु र पञ्चहरुले कोइरालालाई फाँसी हुनुपर्छ भनेर समेत अभियान थालेका थिए ।
वास्तवमा कोइरालाको भारत बसाई निकै आरोह र अवरोहमा वितेको उनका कतिपय लिखित दस्तावेजहरुमा उल्लेख भएको पाइन्छ । समय र परिस्थितिको सही मूल्याकंन गर्न सक्ने मात्रै नभएर जनताका पक्षमा निर्णय लिन सक्ने क्षमताले कोइरालालाई अन्तर्राष्ट्रिय स्तरमा समाजवादी नेताका रुपमा स्थापित गराएको थियो । तर विडम्वना उनै कोइरालाको पार्टी नेपाली काँग्रेसले पछिल्ला दशकमा पार्टीको आन्तरिक जीवनमा मेलमिलापको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन सकिरहेको छैन । एउटा प्रजातान्त्रिक पार्टीमा आन्तरिक स्पर्धा स्वाभाविक नै होला तर कुन हदसम्म भन्ने कुराको हेक्का काँग्रेस नेताहरुमा नभएको देखिन्छ । यो विषय काँग्रेसका गाऊँ तह देखि जिल्ला हुँदै केन्द्रिय तहका नेताहरु र विभिन्न भातृ तथा भगेनी संगठनमा उत्तिकै हावी छ ।
तर राजनीतिक वृत्तमा मात्रै नभएर मेलमिलाको नीति अहिले पनि विभिन्न वहानामा विभक्त भएको हाम्रो समाजका लागि उत्तिकै सान्दर्भिक विषय छ ।