आर्थिक प्याकेज ल्याउन माग

नेपालगञ्ज – प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, नेपालगञ्जले लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई तत्काल आर्थिक प्याकेज ल्याउन माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै संघले घरभाडाका लागि घरधनीहरुसँग छलफलका लागि सहजीकरण गर्नुपर्ने, लकडाउन अवधिसम्मको बैंक व्याज मिनाह हुुनु पर्नेलगायतका माग अघि सारेको छ ।
लामो समयसम्म बजार व्यवसाय बन्द हुँदा उद्योगी व्यवसायी संकटमा परेको भन्दै बिशेष आर्थिक प्याकेज सरकारले घोषणा गर्नुपर्ने व्यवसायी ललित रौनियारले माग गर्नुभयो । अप्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सरकारले झन कस्न खोजेको भन्दै व्यवसायीहरु रुष्ट भएका छन् । उनीहरुले सरकारलाई तिर्नुपर्ने कर लकडाउन खुलेको तीन महिना पछि मात्र तिर्न सकिने बताए ।
‘करिव तीन महिनासम्म बजार व्यवसाय बन्द गराएर असार ७ मै कर तिर भनेर आदेश दिनु सरकारको गैरजिम्मेवार काम हो, संघका अध्यक्ष पुरुषोत्तम शर्माले भन्नुभयो, व्यवसायीहरुले लकडाउन खुलेको तीन महिनापछि मात्र कर तिर्ने व्यवस्था मिलाउनु पर्छ ।’
धम्वोजीबाट निस्किएका प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले नगरका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउन नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अमित बस्नेत, पूर्व महासचिव विष्णु लामिछाने, संघका सदस्य टेकबहादुर खड्कालगायतका उद्योगी व्यवसायी पुगेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !