कोहलपुरमा पनि देखियो कोरोना

नेपालगञ्ज – बाँकेको कोहलपुरमा पनि कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, कोहलपुरमा तीन जनामा कोरोना पुष्टि भएको छ । कोहलपुरको वडा नं. १२ का १८, १८ र २२ वर्षका युवामा कोरोना देखिएको हो । कोहलपुरमा देखिएसँगै बाँकेका सबै पालिकामा कोरोना देखिएको छ ।
भेरीले सार्वजनिक गरेको विवरणमा बर्दिया मधुवन र रोल्पाको सुनिलस्मृतिका एक÷एक जना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !