बाँकेमा आठ जना थपिए

नेपालगञ्ज – बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका १६ देखि ४२ वर्षका चार जना, नरैनापुरका २७ र २५ वर्षका दुई जना, खजुराका ३० वर्षका एकजना र बैजनाथ गाउँपालिकाका ३५ वर्षका एकजना रहेका छन् ।
बाँकेमा कोरोना संक्रमित एक सय ८९ जना पुगेका छन् ।
नेपालमा आज एक सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा एक सय ६२ पुरुष र चार जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म नेपालमा एक हजार पाँच सय ६७ जना संक्रमित भएका छन् । त्यसमा एक हजार चार सय ५० पुरुष र एक सय १७ जना महिला रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !