ऋषि कात्यायन एक चर्चा
सुुप्रसिद्ध महामन्त्र गायत्रीका रचयिता ऋषि विश्वामित्रका बंशज यजुर्बेदका रचयिता, राजा जनकको दरबारका सुप्रसिद्ध विद्वान ऋषि याज्ञवल्क्यका छोरा, अनि कत्यायनि भवगतीका पिता हुन्, ऋषि कात्यायन ।
उनी शारिरीक अवस्थाले कुप्रा थिए । उनलाई प्रक्रुद्ध कात्यायन र बररुचि पनि भनिन्थ्यो । उनको जन्मथलो दक्षिण भारतमा भएको विश्वास गरिन्छ । उनका पिता याज्ञवल्क्य राजा जनकको दरवारमा नेपाल आए पछि सम्भवतः उनी भारतको महाराष्ट्रमा स्थापित भए भन्ने भनाई छ । उनी आजसम्म पनि ऋषिको पद्विले विभुषित हुनुको साथै मान्छेहरुले श्रद्धा गर्नुको कारण के उनले थोरै गेरु रंगको वस्त्र लगाएर लामो लामो दारी जुंगा र कपाल पालेर हो त ? आजको अत्याधुनिक समाजमा प्रागैतिहासीक, पौराणीक समाजका व्यतिm एवम् हिन्दु धर्मलाई उपहास गरेर आफुलाई सभ्य, स्तरीय र आधुनिक साबित गर्ने हरुको आधिक्यता छ । तर पौराणीक पात्रहरु आजसम्म (हजारौ हजार वर्षसम्म ) जिवित अर्थात स्मरणमा रहनुको कुनै तात्पर्य, औचित्य र महत्व पनि होला भनेर सोच्ने फुर्सद धेरैलाई छैन ।
बैदिक सनातन समाजको महत्व र इतिहास, यसमा भएका खोज र अनुसन्धान बारे सामान्य जनकारी पनि कति बृहत र बिशाल छ भनेर व्याख्या गर्नु कति कठिन छ कति भने समग्रको बारेमा जनकारी प्राप्त गर्नु त असम्भव प्रायः छ भन्दा अतियुतm नहोला ।
विष्णु पुराणका अनुहार सातवाँ मन्वन्त जुन हाल चालु छ, त्यसका प्रमुख सप्त ऋषीको नाम यस प्रकार उल्लेख गरिएको छ । कस्यप, अत्री, वशिष्ठ, विश्वामित्र, गौतम, जमदघ्नी र भारदाज हुन् । यी मध्ये कतिपय बैज्ञानिक र दार्शनिक थिए । यिनीहरुले आजिवन सोध, खोज, अध्ययन, अनुसन्धान गरेर कैयौ अमुल्य आविष्कार युग समक्ष प्रस्तुत गरेका थिए । यी महान आत्मालाई शतशत नमन छ । उनकै सन्तान हौ हामी । यसको पुष्टि हाम्रो गोत्र अर्थात् उनीहरुको नामले गर्छ । यस्तो पनि भनिन्छ, कतिपय राजाले विदन सन्तान प्राप्तीको लागी ऋषिहरुबाट सन्तान प्राप्त गर्न समेत चाहना गर्थे ।
यस्तै महत्वपूर्ण र असाधारण विद्वान मध्येका एक थिए–ऋषि कात्यायन अर्थात् प्रकुक्र कात्यायन वा बररुचि । उनले तक्षशिला विश्व विद्यालयमा अध्ययन गरेको उल्लेख प्राप्त गर्न सकिन्छ । पृथ्वीको पहिलो र वैदिक सनातनीहरुको धरोहर तक्षशिला विश्व विद्यालयमा गरिएको विध्वंस र विदनहरुको नृसंस हत्या पछि र नालन्दा विश्व विद्यालयको पनि विध्वंस र पुस्तकालयमा आगजनी पश्चात वैदिक सनातन संस्कृतिले पुनः एक पल्ट जंगली अवस्थाबाट सुरुवात गर्नु परेको चरम पिडादायक र मर्म स्पर्सी इतिहास भएकाले हाम्रा पूर्वज विदन ऋषिहरुवारे र उनमा गौरवपूर्ण महान कार्यबारे कम जानकारी प्राप्त हुन्छ । धेरै श्रोतहरुवाट बल्ल बल्ल केही सुचना प्राप्त गर्न सकिन्छ । त्यसैले सम्पूर्ण जानकारी दिन नसके पनि मैले प्राप्त गर्न सकेको सूचनाबाट पाठक माझ केही पस्किने सुक्ष्म प्रयास यस लेखमा गरेकी छु । कैयौ कमी होला, जसको लागी क्षमा प्रार्थी छु । बडो दुःखका साथ भन्नु पर्छ कि हामीले युद्ध भन्दा शान्तीलाई बढि महत्व दियौ फल स्वरुप न विजय प्राप्त गर्न सक्यौ न त आपसी एकता नै । उनले गरेका महत्वपूर्ण कार्यहरु –
– कात्यायन ऋषि ती ऋषि हुन् जसले पञ्चमहाभुत अर्थात तत्व–पृथ्वी, जल, वायु, आकाश र तेजमा तिन वटा अरु तत्व–सुख, दुःख र जीव थपेर आठ तत्व मानेका थिए । उनले शिव पुत्र कुमारबाट व्याकरण सिकेका थिए भने पाणीनिको व्याकरणलाई व्याख्या र सरलिकरण गरेर सबैले बुझ्न सक्ने गराएका थिए ।
– रेखा गणितमा चतुर्भुज पनि हुन्छ भनी पत्ता लगाउने उनी पहिलो व्यतिm हुन् ।
– उनको अध्ययन र त्यसबाट प्राप्त निष्कर्ष अनुसार पदार्थलाई न त कसैले उत्पन्न गर्न सक्छ त न नष्ट नै ।
– उनको अनुसार सनातनी विदन र ऋषि मुनिहरुबाट चरम रुपमा तिरष्कृत चार्वाक दर्शन अर्थात लोकायत दर्शन जसलाई नास्तिक दर्शन पनि भनिन्छ, ले राज्य सञ्चालनमा प्रमुख भूमिका खेल्ने विश्वास थियो यसलाई उनी उत्तम दर्शन मान्ने गर्थे जुन कुरा उनको (दिर्घ निकाय ) नामक कृति अर्थात पुस्तकमा छ ।
– उनको अनुसार कुनै पनि कुरामा अरुको भर पर्नु हुदैन । मान्छेले जे गर्छ त्यसको जिम्मेदार उ स्वयम हुन्छ ।
– उनीद्वारा प्रतिपादित दर्शन अन्यन्यबाद हो । जस अनुसार बस्तुहरु एक अर्कोबाट अप्रभाबित हुन्छन् ।
– यिनी शुक्लयजुवेर्दका अंगिर सायनको कात्यायन साखाको जन्मदाता पनि हुन् ।
–. यिनले श्रोत सुत्र, कात्यायन गृहसुत्र, धर्मसुत्र र प्रतिहार सुत्रको पनि रचना गरेका थिए ।
यस्ता युग पुरुषलाई शतशत नमन छ ।