रुपैडिहा नाकामा रहेका नेपालीलाई ल्याइदै

 

 

फाइल तस्बिर

नेपालगञ्ज – रुपैडिहा नाकामा रोकिएका नेपालीलाई ल्याउने तयारी भएको छ । नेपालीलाई यता ल्याउदा बाँकेमा रोकिएका भारतीयलाई पठाउने तयारी भएको छ ।
रुपैडिहामा एक हजार पाँच सय हाराहारीमा नेपाली रहेको आकलन गरिएको छ । अधिकारीहरुका अनुसार, नेपालीलाई ल्याउने र भारतीयलाई पठाउने तयारी गरिएको छ । कति आउँछन् र कति जान्छन्, यकिन तथ्यांक आइसकेको छैन ।
रुपैडिहा नाकामा केही दिनदेखि नै नेपालीहरु जम्मा भएका छन् । बाँके प्रशासनले कडाई गरेपछि उनीहरु त्यतै रोकिएका थिए । ठूलो संख्याका नेपाली रुपैडिहामा रोकिएको व्यापक गुनासो आएपछि उनीहरुलाई भित्र्याउन थालिएको हो । नाकामा रहेका नेपालीलाई भित्र्याउने र जुन जिल्लाका हुन्, त्यही पठाउने रणनीति बनाइएको छ ।
बाँकेमा रहेका भारतीयलाई पनि पठाइदैछ । घर जानका लागि भारतीयहरु जमुनाहा जम्मा हुन थालिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !