बौद्धिक अपाङ्गता भएका बिद्यार्थीलाई सहयोग

बर्दिया – भवानी माध्यामिक विद्यालयका ३५ जना बौद्धिक अपाङ्गता भएका बिद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री वितरण गरिएको छ ।
बढैयाताल गाउँपालिका–३ मा पर्ने विद्यालयका बौद्धिक अपाङ्गता भएका २२ छात्र र १३ छात्रा पढ्छन् । नेपालगञ्जको रामदुत स्टेशनरीका सञ्चालक नरेशकुमार अग्रवालले उनीहरुलाई ३५ थान ज्याकेट र खेलकुद सामाग्री गरि करिव ५० हजार रुपैयाँ बराबरको सहयोग गर्नु भएको छ ।
आइतबार कार्यक्रम नै गरेर सहयोग हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बढैयाताल गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दुर्गाप्रसाद पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर केसी, पदम बुढामगर र सुशील बस्यालको उपस्थितिमा न्यानो कपडा र खेलकुद सामाग्री वितरण गरिएको थियो
रामदुत स्टेशनरी नेपालगञ्जका संञ्चालक अग्रवालले बौद्धिक अपाङ्गता भएका बिद्यार्थी शिक्षाबाट वञ्चित नहुन् भनेर सहयोग गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !