डुडुवामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना भएको छ । विपद्को सूचना आदान प्रदान गर्न र उद्धार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट सञ्चालन गर्ने अभिप्रायले केन्द्र स्थापना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी, बाँके र डुडुवा गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमको सहयोगमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द स्थापना गरिएको छ । केन्द्रलाई आवश्यक पर्ने उपकरण कम्प्यूटर, कुर्सी, टेबल, स्मार्ट टिभी, पावर व्याकप, दराज, लाईफ जाकेटलगायत करिब ३ लाख ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द डुडुवाको उद्घाटन गर्दै गाउँपालिकाअन्र्तगत हुने विपद्का सूचनाहरु तत्काल सरोकारवाला निकायसम्म पुर्याउन मद्दत पुग्ने बताउनु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले केन्द्र सञ्चालनका लागि गरिएको सहयोगको पत्र गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई हस्तान्तरण गर्दै बाँके जिल्लामा यो दोश्रो स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द स्थापना भएको उल्लेख गर्नुभयो ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक बिरबहादुर वली, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल र डिइओसीका प्रमुख गौरीलाल बुढाथोकीले विचार राख्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !