बाँकेमा ८ सय ७५ को परीक्षण

नेपालगञ्ज – बाँकेबाट स्याम्पल संकलन गरिएका ५ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनाको त्राससँगै जिल्लाबाट ८ सय ७५ जनाको स्याम्पल संकलन भएकोमा ५ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको हो । २४ जनाको रिपोर्ट भने पोजिटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बैशाख ७ गते भेरीमा कोरोना जाँच्ने मेसिन आउनु अघि नै बाँकेबाट काठमाडौं र रुपन्देही स्याम्पल पठाउने गरिएको थियो । नेपालगञ्जमै ल्याब आइसकेपछि शनिबार मात्रै एक सय ६२ वटा स्याम्पल काठमाडौं पठाइएको छ ।
पर्याप्त किट आएकाले स्याम्पल संकलनलाई द्रुतगति दिइरहदा शनिबार टाँगा स्टेशनमा संकलन गरिएको स्याम्पल काठमाडौं पठाइएको थियो । त्योसँगै नेपालगञ्जमै संकलन गरिएको ७५ वटाको रिपोर्ट आइपुगेको छैन । आइतबार कोहलपुरबाट ३० वटा स्याम्पल संकलन गरिएको छ भने नेपालगञ्जको जयसपुरमा स्याम्पल संकलन भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !