कपिलबस्तुमा दश जना थपिए

नेपालगञ्ज – नेपालमा एकै दिन दश जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलबस्तुमा दश जना संक्रमित थपिएका छन् । कपिलबस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ पुरुष र एकजना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमित देखिएको छ ।
दश जना नयाँ थपिएसँगै नेपालमा कोरोना एक सय २० जना पुगेका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु सबैको अवस्था सामान्य रहेको छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । ५ नम्बर प्रदेशमा बाँके र कपिलबस्तु कोरोनाको हटस्पट बनेको छ । रुपन्देहीमा एकजना देखिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !