हवल्दारपुरका भारतीयको ‘आरडीटी’ नेगेटिभ

नेपालगञ्ज – बाँकेको हवल्दारपुरमा रहेका ६७ जना भारतीयको ‘आरडीटी’ जाँच गरिएको छ । हवल्दारपुरस्थित राम माविमा राखिएका उनीहरु सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले उनीहरुको आरडीटी जाँच गरेको थियो । कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भारतीय ६७ जनासहित आइतबार ६९ जनाको आरडीटी जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भारत नानपाराका उनीहरु चितवन पुगेका थिए । लकडाउनपछि १२ दिन हिडेर बाँके आइपुगेका थिए ।
योसँगै जिल्लामा ५ सय ३९ जनाको आरडीटी जाँच गरिएको छ । जिल्लाबाट एक सय २० जनाको पीसीआर जाँच गरिएको छ । त्यसमध्येमा चार जनाको रिपोर्ट आउन बाँकी छ । अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !